प्राइम कमर्सियल बैंकले साढे ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गदैं

बुधबार, २६ फागुन २०७७, १७ : २८

काठमाडौं- प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ ।

बैंकको ८७५ प्रतिशतको दरले ८ वर्ष अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो  । उक्त ऋणपत्रको अंकितदर १००० रुपैयाँ रहेको छ ।

जसमध्ये १४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल १ अर्ब ४० करोड ऋण पुँजी रकम (५ प्रतिशत अर्थात् ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि) छुट्याइएको छ भने सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने २१ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल २ अर्ब १० करोड रुपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट आज (बुधबार) उक्त ऋणपत्र निष्कासनका लागि अनुमति पाएको हो । भोलि सार्वजनिक बिदा भएको कारणले शुक्रबारबाट सो ऋणपत्र निष्कासन हुनेछ । निष्कासन छिटोमा चैत ३ गते र ढिलोमा चैत १३ गते बन्द हुनेछ । 


prime bank 011

बुधबार, २६ फागुन २०७७, १७ : २८

प्रतिक्रिया