काठमाडौं - एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई द होराइजन होटल र आगन्तुक रिसोर्ट, बनेपामा विशेष छुटको ब्यबस्था गरिएको छ ।
एनएमबि बैँकको द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी पछि यस्तो व्यवस्था गरिएको हो ।
यो सँगै अब त्यहाँ बैँकका ग्राहक तथा कर्मचारीहले खाना, पेय पदार्थ, आवास, स्विमिङ्ग, स्पा सुबिधाहरुमा १५% छुट पाउनेछन् भने स्विमिङ्ग, हेल्थ क्लब र बर्थ डे केकहरुमा १०% छुट पाउनेछन् ।
सम्झौतापत्रमा एनएमबिका रिटेल बैँकिङ्ग प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया