काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले उदयपुरको गाईघाटमा १०२ औं शाखाको विस्तार गरेको छ ।
बैंकले फागुन २६ गते बुधबारदेखि आफ्नो १०२ औं शाखा गाईघाटमा विस्तार गरेको हो । एभरेष्ट बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा गाईघाट उदयपुरा शाखाको उद्घाटन गरेका हुन् ।
यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया