नवनियुक्त डेपुटी गभर्नरहरूको सपथ ग्रहण तथा पदबहाली

विहीबार, २७ फागुन २०७७, १३ : २४

काठमाडौं – नेपाल राष्ट्र बैैंकका नवनियुक्त डेपुटी गभर्नरहरू डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । साथै, उनीहरुले तत्पश्चात् पदबहाली समेत गरेका हुन् । 
उनीहरुले बुधबार बालुवाटार स्थित राष्ट्र बैंकको कार्यलयमा शपत ग्रहण तथा पलबहाली गरेका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयोजित एक समारोहमा उनीहरुलाई शपथग्रहण गराएका हुन् । उनीहरुलाई गत फागुन २५ गतेको मन्त्रीपरिषद बैठकले डेपुटी गभर्नरमा नियुक्ती गर्ने निर्णय गरेको थियो । 
शपथग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यको क्रममा नवनियुक्त डेपुटी गभर्नरहरूलाई बधाई ज्ञापन गर्नुहुँदै गभर्नर अधिकारीले दुवै सक्षम कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरमा नियुक्त भएकोमा प्रशन्नता व्यक्त गर्दै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । 
दुई जना कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर नियुक्त हुने कानुनी व्यवस्था अनुसार नियुत्ति गरीएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सामूहिक सहयोगात्मक कार्यप्रणाली कायम रहने विश्वास व्यक्त गरे । आफू कार्यमुखी, नतिजामुखी तथा संस्थाको गरिमाप्रति समर्पित रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबैको सल्लाह र सुझाव अनुसार अघि बढ्ने कुरा बताए । 
कार्यक्रममा नवनियुक्त डेपुटी गभर्न द्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले संस्थाको गरिमामय जिम्मेवारी प्रदान गरेकोमा संस्थाका प्रमुख तथा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफूमा खुसी तथा जिम्मेवारीबोध एकैपटक आएको कुरा अभिव्यक्त  दिएका थिए ।
उनीहरूले संस्थाले परिलक्षित गरेको उद्देश्य हासिल गर्नमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै पहिले जस्तै आगामी दिनमा पनि सबै पक्षबाट सहयोग कायम रहने विश्वास व्यक्त गरे । 
कार्यक्रममा बरिष्ठ कार्यकारी निर्देशक भुवन कँडेलले स्वागत मन्तव्य राख्नुहुँदै यथा समयमै डेपुटी गभर्नरहरू नियुक्त भएकोमा प्रसन्नता व्यक्त गर्नु हुँदै सफल कार्यकालको शुभकामना समेत दिए । 
कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंकका कार्यवाहक अध्यक्ष राजनप्रसाद रेग्मी र नेपाल राष्ट्रिय कर्मचारी संघ, नेपाल राष्ट्र बैंकका अध्यक्ष रेशम बल्छौडीले नव नियुक्त डेपुटी गभर्नरहरूलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त दिएका थिए । 
 

विहीबार, २७ फागुन २०७७, १३ : २४

प्रतिक्रिया