काठमाडौं – बैंक तथा वित्तिय संस्थामा निक्षेपको मात्रा ४३ खर्ब ३९ अर्ब पुगेको छ । बाणिज्य र विकास बैंक तथा वित्त कम्पनीमा सो बरारबको निक्षेप संकलन भएको हो ।
नेपाल राष्ट्र बैंकको मार्च ५ तारिखसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार कुल निक्षेपमा ३८ अर्ब २३ अर्ब बाणिज्य बैंकहरुमा रहेको छ । अन्य वित्तिय संस्थामा ५ अर्ब १७ करोड निक्षेप रहेको छ ।
बैंकको यो कुल निक्षेप नेपालको कुल ग्राहस्थ उत्पादन भन्दा पनि बढी हो । हाल नेपालको जिडिपी ३९ खर्बको हारहारीमा रहेको छ । तर, बैंकहरुको निक्षेप भने त्यो भन्दा बढी हो ।
यस्तै, हालसम्म रु. ३८ अर्ब २३ करोड कर्जा प्रवाह भभएको छ । त्योअनुसार हाल बैंकहरुको सीसीडी रेसियो ७६.५४ प्रतिशत कायम भएको देखिन्छ ।
कुल कर्जा मध्ये बाणिज्य बैंकबाट ३३ अर्ब ८८ अर्ब प्रवाह भएको छ । अन्य बैँक तथा बित्तिय संस्थाहरुले ४ खर्ब ३५ अर्ब कर्जा लगानी गरेका छन् ।
प्रतिक्रिया