सातमहिनामा बैंकका कर्मचारीको तलबभत्ता करिब २३ अर्ब, कुन बैंकको कति ?

विहीबार, २७ फागुन २०७७, १५ : २७

काठमाडौं- देशभरका वाणिज्य बैंकहरुले कर्मचारीको तलवभत्ता सात महिनामा रु.२२ अर्ब ८५ करोड खर्च गरेका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म २७ वाणिज्य बैंकले कर्मचारीको तलबभत्तामा रु.२२ अर्ब ८५ करोड ४६ लाख खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

कर्मचारीको तलबभत्तामा सबैभन्दा धेरै खर्च गर्नेमा कृषि विकास बैंक पहिलो स्थानमा छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गएको साउनदेखि माघमसान्तसम्म सो बैंकको कर्मचारीहरुको खर्च रु.१ अर्ब ६९ करोड रहेको छ । कृषि विकास बैंकका देशभर २ सय ७८ शाखा छन् । 

त्यस्तै, कर्मचारीको तलवभत्तामा धेरै खर्च गर्नेमध्ये दोस्रो स्थानमा ग्लोबल आईएमी बैंक रहेको छ । समीक्षा अवधीसम्म सो बैंकको कर्मचारीलाई रु. १ अर्ब ४५ करोड बराबर तलवभत्ता प्रदान गरेको छ । सो बैंकका देशभर २७० शाखा छन् । 

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको तलवभत्तामा चालु आवको माघ मसान्तसम्म रु. १ अर्ब ४० करोड बराबर खर्च रहेको छ । बाणिज्यबैंकहरुमध्ये कर्मचारीको लागि खर्च गर्नेमा यो तेश्रो धेरै खर्च हो । 

यो अवधीमा सात वाणिज्य बैंकको कर्मचारी खर्च अर्ब क्लबको लाइनमा छ । तथ्यांक अनुसार ७ वाणिज्य बैंकको कर्मचारीहरुको खर्च १ अर्बभन्दा बढी रहेको छ ।

यसैगरी, समीक्षा अवधीसम्म बाँकी २० वाणिज्य बैंकको कर्मचारी खर्च करोड क्लबको लाइनमा रहेको छ । १७ वाणिज्य बैंकको कर्मचारी खर्च ५० करोड भन्दा माथि र १ अर्बभन्दा कम रहेको छ । भने कर्मचारी खर्चको हिसाबको मामलमा ३ वाणिज्य बैंकको खर्च सबैभन्दा कम रहेको छ  । 

आर्थिकवर्षको ७ महिनाको अवधिमा कर्मचारीको तलवभत्तामा सबैभन्दा कम खर्च गर्नेबैंकहरुमा सिटिजन्स, स्टान्डर्ड चार्टर्ड र नेपाल बङ्गलादेश बैंक छन् । सिटिजन्स बैंकको कर्मचारी खर्च रु. ४८ करोड ९० लाख रहेको छ । यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकको समीक्षा अवधीसम्म रु.४८ करोड ८९ लाख कर्मचारी खर्च रहेको छ र  नेपाल बङ्गलादेश बैंकको कर्मचारी खर्च रु. ४८ करोड ८१ लाख बराबर रहेको छ । 

कुन बैंकका कर्मचारीको तलबभत्तामा कति खर्च ?


 

विहीबार, २७ फागुन २०७७, १५ : २७

प्रतिक्रिया