विवरण नबुझाए कृषि विकास बैँकको खाता बन्द हुने

विहीबार, २७ फागुन २०७७, १५ : ३७

काठमाडौं  । कृषि विकास बैँकले विवरण नबुझाउने ग्राहकहरूको खाता बन्द गर्ने भएको छ । एक सूचना सार्वजनिक गर्दै  २०७८ बैशाख मसान्त सम्म ग्राहक पहिचान विवरण (केवाइसी ) अद्यावधिक गर्न भनेको  छ । 

निष्क्रिय खाताहरू सक्रिय गर्नको लागी सम्बन्धित शाखा वा आफूलाई पायक पर्ने जुनसुकै शाखामा केवाइसी विवरण बुझाउन बैंकले सूचना मार्फत भनेको छ ।

सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ , निवारण नियमावली २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशिका २०७७ बमोजिम खाता अद्यावधिक गर्नु पर्ने बैकले जनाएको छ ।  

साथै केवाइसी अद्यावधिक गर्दा खाता सञ्चालक ल्याप्चे, सही भने  कानुनी व्यक्ति र प्रबन्धक भएमा छाप अनिवार्य गरिएको छ ।

संस्थाको खाता भएमा सञ्चालक, कार्य समिति सदस्य , खाता सञ्चालक तथा १० प्रतिशत स्वामित्व हुने ब्यक्तिहरूको समेत विवरण बुझाउनु पर्ने बैँकले जनाएको छ ।

 

विहीबार, २७ फागुन २०७७, १५ : ३७

प्रतिक्रिया