काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको भोलि (शनिवार) १२ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्न निर्णय भएको हो । सभाले आर्थिक वर्ष २०७६र ७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांश पारित गर्नेछ ।
सभाले १२.३९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
हाल कायम कम्पनीको चुक्तापूँजी रू। ३६ करोड ५९ लाख ३७ हजारको आधारमा उक्त लाभांश दिन लागेको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ देखि फागुन २८ गतेसम्म बुक क्लोज गरेको छ ।
प्रतिक्रिया