काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभा आगामी चैत्र २३ गते गर्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट कर सहित हाल कायम चुक्ता पुँजीको ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ ।
साथै अन्य विभिन्न प्रस्तावहरूमा छलफल गरी गर्ने पनि कम्पनीले जनाएको छ । कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनका लागि चैत्र ११ देखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यो सँगै चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
प्रतिक्रिया