काठमाडौं- ज्योति विकास बैंकले पनि साढे अर्ब बराबरको को ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र बिक्री गर्न बोर्डसंग अनुमति मागेको हो।
बैंकले बिक्री गर्न लागेको १० बर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याजदर पाउने छन्।
बैंकले जारी गर्न लागेको ऋणपत्रमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने छ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ।धितोपत्र बोर्डबाट अनुमति पाएपछि बैंकले उक्त ऋणपत्र बिक्रीमा ल्याउनेछ।
प्रतिक्रिया