काठमाडौं – ग्लोबल आइएमई बैंकले निक्षेप तथा कर्जामा नयाँ ब्याजदर घोषणा गरेको छ । बैंकले एक सूचना जारी गर्दै चैत्र १ गते देखि लागू हुने गरी नयाँ ब्याजदर घोषणा गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले निक्षेपतर्फ बिभिन्न प्रकारका बचत खातामा २ प्रतिशत देखि ४ प्रतिशत सम्म ब्याज दिने छ ।
त्यस्तै मुद्दती (फिक्स डिपोजीट) खातामा भने ७ प्रतिशत व्याज दिने छ । बैंकले व्यक्तिगत र संस्थागत दुवै मुद्दती खातामा सो बराबरको व्याज दिने बताएको हो ।
जसमा न्यूनतम ३ महिना समायावधि तोकिएको छ । भने ग्लोबल एन आर एन एफ सि वाइ मुद्दती खातामा ३ प्रतिशत ब्याजदर दिने बताइएको छ ।
यस्तै, बैंकले कर्जातर्फ पनि ब्याजदर घोषणा गरेको छ । बैंकले बिभिन्न प्रकारका कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर व्याज लिने बताएको छ । हाल बैंकको आधार ६.७६ प्रतिशत छ । बैंकले सोही आधारदरमा बढीमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर बिभिन्न प्रकारको कर्जाको ब्याजदर निर्धारण गरेको छ ।
यस्तै, स्थिर ब्याजदर तर्फ बैंकले विभिन्न कर्जामा ७.९९ प्रतिशत देखि १३.९९ प्रतिशत सम्म व्याजदर तोकेको छ । जस मध्ये होम कर्जामा ७.९९ प्रतिशत देखि ११.९९ प्रतिशत सम्म, अटो कर्जामा ८.९९ प्रतिशत देखि ११.९९ प्रतिशत, ग्लोवल बिजनेस कर्जामा ९.९९ प्रतिशत देखि १३.९९ प्रतिशत सम्म बैंकले व्याज तोकेको बैंकले जनाएको छ । कर्जाको साइज र समय अवधीअनुसार ब्याजदर फरक फरक हुने छ ।
प्रतिक्रिया