काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले चैत्र १ गते आइतबारबाट लागू हुने गरी कर्जा तथा निक्षेपको नयाँ ब्याजदर घोषणा गरेको छ । शनिबार एक सूचना जारी गर्दै बैंकले नयाँ ब्याजदर घोषणा गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले विभिन्न बचत खाताहरुमा २ देखि ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले घोषण गरेको नयाँ ब्याजदरमा मेरो सेयर, बाल बचत र नारी बचतमा २ प्रतिशत ब्याजदर रहेको छ भने जीवन सुरक्षा र सजिलो बचतमा ४ प्रतिशत ब्याजदर गय गरेको छ ।
यस्तै, व्यक्तिगत मुद्दती खातामा ६.५ प्रतिशत देखि ७ प्रतिशत सम्म ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दती खातामा ३ देखी ६ महिनाका लागि ६.५ प्रतिशत र ६ महिनादेखि माथिका लागि ७ प्रतिशत ब्याजदर घोषणा गरेको छ । यस्तै संस्थागत मुद्दती खातामा ७ प्रतिशत ब्याजदर तोकेको छ ।
यस्तै, बैंकले कर्जातर्फ आधार दर ९७.१७० मा न्यूनतम ३.५ प्रतिशत देखि अधिकतम ५ प्रतिशत सम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको छ ।
यस्तै, बैंकले स्थिर ब्याजदर तर्फ बैंकले विभिन्न कर्जामा ८.४९ प्रतिशत देखि ९.९९ प्रतिशत सम्म ब्याजदर तोकेको छ ।
जस मध्ये होम कर्जामा ८.४९ देखि ९.९९ प्रतिशत सम्म, अटो कर्जामा ९.४९ देखि ९.९९ प्रतिशत, शिक्षा कर्जामा ९.९९ देखि १०.९९ प्रतिशत सम्म व्याज तोकेको बैंकले जनाएको छ ।
कर्जाको साइज र समय अवधिअनुसार ब्याजदर फरक फरक हुने छ ।
प्रतिक्रिया