मुक्तिनाथ विकास बैंकको नयाँ ब्याजदर घोषणा, कुन शीर्षकमा व्याज कति ?

शनिबार, २९ फागुन २०७७, १० : ३८

काठमाडौं –  मुक्तिनाथ विकास बैंकले निक्षेप तथा कर्जामा नयाँ ब्याजदर घोषणा गरेको छ । बैंकले एक सूचना जारी गर्दै चैत्र १ गते देखि लागू हुने गरी नयाँ ब्याजदर घोषणा गरेको हो । 
नयाँ ब्याजदर अनुसार बैंकले निक्षेपतर्फ बिभिन्न प्रकारका बचत खातामा ३.५० प्रतिशत देखि ४.५० प्रतिशत सम्म ब्याज दिने छ । 

त्यस्तै मुद्दती (फिक्स डिपोजीट) खातामा भने ७ प्रतिशत देखि मुद्दती खाताका समय अवधि हेरेर व्यक्तिगत खातामा ८.५० व्याज दिने छ । भने संस्थागत खातामा ७.१० प्रतिशत देखि ८.५० प्रतिशत सम्म ब्याजदर तोकेको बैंकले जनाएको छ ।

यस्तै बैंकले कर्जा तर्फको ब्याजदर पनि घोषणा गरेको छ । बैंकले कर्जाका प्रकारका आधारमा ५.५० प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने भएको छ । हाल बैंकको आधारदर ७.९४ प्रतिशत रहेको छ । 
यस्तै, स्थिर ब्याजदर तर्फ बैंकले समय अवधिका आधारमा १५ प्रतिशत सम्म ब्याज लिने बैंकले सूचना मार्फत सार्वजनिक गरेको छ । 

शनिबार, २९ फागुन २०७७, १० : ३८

प्रतिक्रिया