महालक्ष्मी विकास बैंकमा खाता छ ? हेर्नुहोस् नयाँ ब्याजदर !

शनिबार, २९ फागुन २०७७, ११ : ४७

काठमाडौं - महा लक्ष्मी विकास बैंकले चैत्र १ गते आइतबारबाट लागू हुने गरी कर्जा तथा निक्षेपको नयाँ ब्याजदर घोषणा गरेको छ । शनिबार एक सूचना जारी गर्दै बैंकले नयाँ ब्याजदर घोषणा गरेको हो ।
 
नयाँ ब्याजदर अनुसार बैंकले विभिन्न बचत खाताहरुमा १.५ देखि ५ प्रतिशत ब्याजदर तोकेको छ ।  बैंकले घोषण गरेको नयाँ ब्याजदरमा बचत, ज्येष्ठ नागरिक बचत र गृह लक्ष्मी बचतमा ४ प्रतिशत ब्याजदर रहेको छ भने कर्मचारी बचतमा ५ प्रतिशत ब्याजदर तय गरेको छ । 

यस्तै, व्यक्तिगत मुद्दती खातामा ६.५० प्रतिशत देखि ७ प्रतिशत सम्म ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दती खातामा ३ महिनाका लागि ६.५० प्रतिशत र ३ महिनादेखि ६ महिनाका लागि ७ प्रतिशत ब्याजदर घोषणा गरेको छ । यस्तै संस्थागत मुद्दती खातामा ५ प्रतिशत देखि ६.५० प्रतिशत ब्याजदर तोकेको छ । जसमा ३ महिनाका लागि ५ प्रतिशत र ६ महिनाका लागि ६.५० प्रतिशत ब्याजदर तोकेको छ ।  

यस्तै, बैंकले कर्जातर्फ आधार दर ८.१८ मा न्यूनतम २ प्रतिशत देखि अधिकतम ६ प्रतिशत सम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको छ । 

यस्तै, बैंकले स्थिर ब्याजदर तर्फ बैंकले विभिन्न कर्जामा १०.९९ प्रतिशत देखि १३.४९ प्रतिशत सम्म ब्याजदर तोकेको छ । 

जस मध्ये होम कर्जामा १०.४९ देखि १२.९९ प्रतिशत सम्म, अटो कर्जामा १०.९९ प्रतिशत, अन्य कर्जामा ११.४९ देखि १३.४९ प्रतिशत सम्म व्याज तोकेको बैंकले जनाएको छ । 

कर्जाको साइज र समय अवधिअनुसार ब्याजदर फरक फरक हुने छ । 
 

शनिबार, २९ फागुन २०७७, ११ : ४७

प्रतिक्रिया