काठमाडौं – सनराइज बैंक लिमिटेडले चैत्र १ गते आइतबारबाट लागू हुने गरी कर्जा तथा निक्षेपको नयाँ ब्याजदर घोषणा गरेको छ । शनिबार एक सूचना जारी गर्दै बैंकले नयाँ ब्याजदर घोषणा गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले विभिन्न बचत खाताहरुमा २.५० प्रतिशत देखि ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले घोषण गरेको नयाँ ब्याजदरमा बाल बचत र रेमिट बचतमा २.५० ब्याजदर रहेको छ भने समृद्धि बचत र नारी बचतमा ४ प्रतिशत ब्याजदर तय गरेको छ ।
यस्तै, व्यक्तिगत मुद्दती खातामा ३.५० प्रतिशत देखि ७ प्रतिशत सम्म ब्याजदर तोकेको छ । यस्तै, बैंकले कर्जातर्फ आधार दर ९७.१२० मा न्यूनतम २ प्रतिशत देखि अधिकतम ६ प्रतिशत सम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको छ ।
यस्तै, बैंकले स्थिर ब्याजदर तर्फ बैंकले विभिन्न कर्जामा १०.५० प्रतिशत देखि १३.५० प्रतिशत सम्म ब्याजदर तोकेको छ । जस मध्ये होम कर्जामा १०.५० देखि ११.५० प्रतिशत सम्म, अटो कर्जामा १०.७५ देखि ११.५० प्रतिशत, शिक्षा कर्जामा ११.५० देखि १२ प्रतिशत र सनराइज सजिलो कर्जामा १०.७५ देखि १२ प्रतिशत सम्म व्याज तोकेको बैंकले जनाएको छ ।
कर्जाको साइज र समय अवधिअनुसार ब्याजदर फरक फरक हुने छ ।
प्रतिक्रिया