ग्लोबल आइएमई बैंकद्वारा ३ अर्बको ऋणपत्र निष्कासन

आइतबार, ०१ चैत्र २०७७, ०७ : ३४

काठमाडौं - आजबाट ग्लोबल आइएमई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको '८.५० ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७' निष्कासन गरेको छ ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

दश वर्षको अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा पाउनेछन् ।

निष्काशनमा आउने ३ अर्बको ऋणपत्रमध्ये १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी रहेको १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्रका इकाई सर्वसाधारणमा आउनेछ ।

सर्वसाधारणलाई निष्काशन गरिनेमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । ११ लाख ४० हजार इकाई खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि २५ हजार रुपैयाँदेखि अधिकतम १० लाख कित्ताका लागि १ अर्ब रुपैयाँसम्मका लागि छिटोमा चैत ४ गतेसम्म आवेदन दिन सकिन्छ । 

आइतबार, ०१ चैत्र २०७७, ०७ : ३४

प्रतिक्रिया