काठमाडौं - सामुहिक लगानी कोष योजना 'सनराइज ब्लूचिप फण्ड'ले आजबाट फण्डको इकाई बिक्री खुला गरेको छ ।
सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको हो ।
बिक्री खुला गरिएको कुल इकाईमध्ये कोष प्रवद्र्धक सनराइज बैंकलाई एक करोड ५० लाख इकाई वा बिक्री भएको इकाईको १५ प्रतिशत सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
फण्डको इकाइमा इच्छुक लगानीकर्ताले छिटोमा चैत ४ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै उक्त अवधिमा सबै इकाईका लागि आवेदन नपरे ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सनराइज क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत निष्कासन गर्न लागेको यस योजनाको कोष प्रवद्र्धक सनराइज बैंक रहेको छ ।
प्रतिक्रिया