प्रिमियर इन्स्युरेन्स कम्पनी ( नेपाल ) ले बोलायो  साधारण सभा , लाभांश वितरण

आइतबार, ०१ चैत्र २०७७, ०८ : ५६

काठमाडौं ः  प्रिमियर इन्स्युरेन्स कम्पनी ( नेपाल ) लिमिटेडको २७ औं वार्षिक साधारण सभा बस्ने भएको छ । 

फाल्गुन २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत्र २३ गते सभा बस्ने निर्णय गरेको हो ।

वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आगामी आ.व. को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव लगिने समितिको बैठकमा छलफल गरिएको थियो ।

साथै चुक्ता पूँजीको ११.०५ प्रतिशतका दरले लाभांश वितरण गरिने समेत प्रस्तावमा छलफल गरिएको थियो । 

साधारण सभा प्रिमियर भवन, नक्सालमा हुने कम्पनीले जनाएको छ ।

आइतबार, ०१ चैत्र २०७७, ०८ : ५६

प्रतिक्रिया