एनआईसी एशिया बैंकले फेरी बिक्रीमा ल्यायो ७५ हजार कित्ता शेयर, मूल्य कति ?

आइतबार, ०१ चैत्र २०७७, ०९ : ०३

काठमाडौं - एनआईसी एशिया बैंकले फेरी आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको ७५ हजार कित्ता शेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।

बैंकले यसअघि बिक्रीमा ल्याइसकेको सबै शेयर बिक्री नभएपछि नागरिक लगानीकोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर पुन: लिलामीमा राखेको हो । 

बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता तथा नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता शेयर आजबाट लिलामीमा राखेको हो । लिलामीको शेयरमा आजदेखि चैत ६ गते शुक्रबारसम्म सिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकले नागरिक लगानी कोषको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ५०४ रुपैयाँ तोकेको छ । त्यस्तै नेशनल लाइफ इन्स्युरेन्स कम्पनीको ४०४ रुपैयाँमा राखेको छ । 

यसअघि बैंकले पटक पटक शेयर लिलामीमा राखेको थियो । सबै शेयर बिक्री नभएपछि मूल्य घटाउँदै बिक्री गर्दै गर्न थालेको हो ।

आइतबार, ०१ चैत्र २०७७, ०९ : ०३

प्रतिक्रिया