नेपाल बैंक कर्मचारी अवकाश कोषले बैंकहरूमा अर्बौं रकम लगानी गर्दै

आइतबार, ०१ चैत्र २०७७, ०९ : ५७

काठमाडौं — नेपाल बैंक कर्मचारी कोष व्यवस्थापन ट्रष्टले रु. २ अर्ब ७० करोड बराबरको रकम बैंक निक्षेपमा लगानी गर्ने भएको छ । ट्रष्टले आज एक सूचना जारी गर्दै ३ महिनाको लागि बैंक निक्षेपमा लगानी गर्ने भएको हो । 

नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरूले मात्र उक्त निक्षेप लिन सक्ने ट्रष्टले जनाएको छ ।

निक्षेप लिन चाहने बैंकहरूले ब्याजदर उल्लेख गरी मंगलबार दिउसो ४ बजे भित्र ट्रष्टको कार्यालय धर्मपथमा सिलबन्दी प्रस्ताव पेश गर्न सक्ने छन् । बैंकले अधिकतम ५० करोड नबढ्ने गरि सिलबन्दी प्रस्ताव पेश गर्नु पर्नेछ ।

नेपाल राष्ट्र बैंक बाट तोकिएको न्यूनतम पुँजी कोष कायम भएको, कर्जा सापटीको ३ प्रतिशत भन्दा कम भएको, पछिल्लो ३ आर्थिक वर्ष लगातार सञ्चालन मुनाफा भएको बैंकहरूले निक्षेप लिन सक्ने ट्रष्टले सूचनामा उल्लेख गरेको छ ।

आइतबार, ०१ चैत्र २०७७, ०९ : ५७

प्रतिक्रिया