४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने शिवम एक मात्र उद्योग

आइतबार, ०१ चैत्र २०७७, १० : ४६

काठमाडौं – शिवम सिमेन्टले ४३ ग्रेडको सिमेन्ट बजारमा ल्याएको छ । योसँगै शिवम सिमेन्ट उक्त ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालको पहिलो 
र एक मात्र उद्योग बनेको छ । 

गुणस्तर तथा नापतौल विभागले एनएस ५७२ प्रमाणीकरण गरी शिवमलाई उक्त ग्रेडके सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । 
पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट पुरस्कृत शिवम सिमेन्ट सम्मानित भएको थियो । 

शिवम् सिमेन्टले गुणस्तरिय उत्पादनकै प्रतिफलस्वरूप पुनः एनएस ५७२ को मान्यता प्राप्त गरी नेपालकै पहिलो र एकमात्र फोरथ्री ग्रेडको सिमेन्ट उत्पादक भई निरन्तर गुणस्तरीय उत्पादनलाई प्रमाणित गरेको बताइएको छ । 

कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न एनएस ५७२ प्रमाणीकरण गर्नुपर्ने हुन्छ । यसका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तहमा चुनढुंगा, कच्चा पदार्थ, उत्पादन प्रक्रिया, उत्पादित क्लिंकर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस ५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परीक्षणसमेतका आधारमा प्रमाणीकरण गर्ने छ ।

आइतबार, ०१ चैत्र २०७७, १० : ४६

प्रतिक्रिया