प्रि ओपनमा चन्द्रागिरीको २३० कित्ता बिक्रीः सबै शेयर ब्रोकर न. ४९ ले उठायो, मुल्य के भयो ?

आइतबार, ०१ चैत्र २०७७, ११ : ०३

काठमाडौं – आज प्रि ओपन शेसनमा चन्द्रागिरी हिल्सको शेयर मुल्य ४० अंकले बढेको छ । गत हप्ता उक्त कम्पनीको शेयर मुल्य ८०४ रुपैयाँ थियो । तर, आज प्रि ओपनमा उक्त कम्पनीको शेयर मुल्य ८४४ रुपैयाँमा खरिद बिक्री भएको छ ।
पछिल्लो समय उक्त कम्पनीको शेयर मुल्य सकरात्मक सर्किट लेभलमा बढेको छ । त्यस क्रमले आज पनि निरन्तरता दिने देखिएको छ । आज प्रि ओपनमा उक्त कम्पनीको शेयर मुल्य ४.९८ प्रतिशतले बढेको छ । 
प्रि ओपनमा चन्द्रागिरीको २३० कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त सबै शेयर ब्रोकर नम्बर ४९ ले मात्र खरिद गरेको नेप्सेको मार्केट फ्लोर सिटमा देखिएको छ । 


 

आइतबार, ०१ चैत्र २०७७, ११ : ०३

प्रतिक्रिया