काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ८ महिनामा नेपालमा चीनदेख १८ अर्ब १७ करोड २२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उद्योग बिभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।
यस अवधीमा चिन (माइनल्यान्ड) रू. १८ अर्ब ६ करोड ७२ लाख बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै, चीनको ताइवानबाट ५० लाख बराबरको लगानीको प्रतिवद्धता आएको हो । ताइवानबाट पर्यटन क्षेत्रमा सो बराबरको लगानीको प्रतिवद्धता आएको हो ।
समग्रमा चिनबाट पर्यटन क्षेत्रमा बढी लगानीको प्रतिवद्धता आएको छ । पर्यटन क्षेत्रमा चीनबाट रू. १२ अर्ब २४ करोड ३२ लाख बराबरको लगानीको प्रतिवद्धता आएको छ ।
यस्तै, सेवा क्षेत्रमा ४ अर्ब ९५ करोड बराबरको प्रतिवद्धता आएको छ । उद्योग बिभागको तथ्यांकअनुसार उत्पादन मुलुक क्षेत्रमा रु. २० करोड, आईटीमा रु. ४० करोड र कृषि क्षेत्रमा रु. ३७ करोड ९० लाख बराबरको लगानीको प्रतिवद्धता आएको छ । तर, यस पटक भने उर्जा क्षेत्रमा चीनको लगानी प्रतिवद्धता देखिएको छैन ।
प्रतिक्रिया