काठमाडौं - हिमालयन बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर रोड, अत्तरियामा शाखा सञ्चालनमा ल्याएको हो ।
यससँगै बैंकको कूल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ । साथै एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पिओएस टर्मिनल संख्या पुगेको छ ।
बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया