काठमाडौं - सिटिजन्स बैंकको सूचना अधिकारी नियुक्त गरेको छ । बैंकले उमंग शर्मालाई सूचना अधिकारीमा नियुक्त गरेको हो ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारीमा रहेकी शर्मालाई रिक्त रहेको सूचना अधिकारीको जिम्मेवारी थप गरिएको बैंकले जनाएको छ ।
यस अघि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए । देवकोटा सिटिजन्स बैंकबाट बाहिरिएसँगै उक्त पद रिक्त भएको थियो ।
शुक्रबार सिटिजन्स बैंकबाट औपचारिक रुपमा बाहिरिएका देवकोटा आइतबार महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका छन् ।
प्रतिक्रिया