काठमाडौंः सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।
चैत्र १ गते बसेको सञ्चालक समितिको बैठकले चैत्र २३ गते सभा बस्ने निर्णय गरेको हो ।
समितिको बैठकमा वार्षिक प्रतिवेदन , लेखा समितिको प्रतिवेदन तथा आगामी आ.व. को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धमा सभामा प्रस्ताव पेश गर्ने विषयमा छलफल भएको थियो ।
साथै हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने समेत समितिले जनाएको छ ।
सभा लैनचौर ब्याङ्क्वेट लैनचौरमा बस्ने छ ।
प्रतिक्रिया