आज २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कुन कुन ?

सोमबार, ०२ चैत्र २०७७, ०८ : ५१

काठमाडौं - आज २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

महालक्ष्मी विकास बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि चैत्र ३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले आज सम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
 
बैंकले आगामि हुने सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई  ८.८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद (कर प्रयोजनार्थ) गारी कुल ९.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि चैत्र ३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले आज सम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

नेपाल हाइड्रो डेभलोपर सभाबाट आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सोमबार, ०२ चैत्र २०७७, ०८ : ५१

प्रतिक्रिया