सुर्योदय लघुवित्तद्वारा १६.१५ प्रतिशत लाभांश घोषणा

सोमबार, ०२ चैत्र २०७७, ११ : १०

काठमाडौं - सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८० प्रतिशत नगद गरि कुल १६.१५ प्रतिशत वितरण गर्ने प्रस्तावको घोषण गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

सोमबार, ०२ चैत्र २०७७, ११ : १०

प्रतिक्रिया