काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा सम्पन्न भएको हो ।
गत फागुन २७ गते देखि २९ गते सम्म सञ्चालन भएको उक्त ३ दिनको तालिम कार्यक्रममा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरू, अनुगमन अधिकृतहरू, प्रदेश प्रमुख लगायत केन्द्रीय कार्यालय र प्रदेश कार्यालयका कर्मचारीहरू, देउराली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सहित विभागीय प्रमुख, वि.पि.डव्लु लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत गरी जम्मा ३५ जनाको सहभागिता रहेको थियो ।
हाल नेपालमा लघुवित्त संस्थाहरूले विपन्न वर्गलाई प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको र ग्राहकहरूलाई सेवा प्रदान गर्ने क्रममा लघुवित्त संस्थाहरू बीचमा अत्यधिक प्रतिष्पर्धा रहेको वर्तमान अवस्थामा व्यवसाय सञ्चालन तथा विस्तारको लागि संस्थामा कार्यरत जनशक्तिको प्रमुख भूमिका रहने भएकोले कर्मचारीहरूको दक्षता तथा क्षमता अभिवृद्धिको लागि संस्थाले यो तालिमको आयोजना गरेको र भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरूलाई यस संस्थाबाट तालिमहरू प्रदान गर्दै जाने योजना रहेको संस्थाका नायब कार्यकारी अधिकृत किरण काफ्ले बताए
कार्यक्रमको प्रमुख अतिथि तथा सञ्चालक समितिका अध्यक्ष जगत वहादुर पोखरेलले नेपालको विपन्न वर्गको आर्थिक समृद्धिको महान अभियानको रुपमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था अगाडि वढीरहेको हुँदा यो संस्थाले निकट भविष्यमा सबै जिल्लाहरूमा शाखा विस्तार गरी नेपालको विकट बस्तीहरूमा बस्ने पिछडिएका वर्ग हरुलाई विशेष प्राथमिकता दिई उनीहरूलाई समेत सेवा पु–याउने लक्ष्य रहेको बताए ।
कर्मचारीहरू संस्थाका खम्बा भएकाले संस्थाले आफ्नो खम्बालाई बलियो र सुदृढ बनाउने क्रममा उक्त तालिम आयोजना गरिएको तताउँदै संस्थाका कर्मचारीहरूले सेवाग्राहीहरूलाई सहज र सरल रुपमा सेवा प्रदान गर्न, कर्मचारीहरूले लघुवित्तको वजारमा प्रतिष्पर्धाका लागि थप गति बढाउन साथै हरेक पल कर्मचारीहरू सकारात्मक तथा सृजनात्मक सोचाइका साथ अगाडि बढ्न निर्देशन दिएका थिए ।
माइक्रोफाइनान्स एसोसिएसनअफ नेपालका अध्यक्ष समेत रहेका पोखरेलले नेपाल सरकारले वितरण गर्ने वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ताहरू लघुवित्त संस्थाहरू मार्फत वितरण गर्ने व्यवस्था गर्न सकेमा सेवाग्राहीहरुले घरदैलोमा नै छिटो, सरल तथा सहज रुपमा भत्ता लिन सक्ने भएकोले यस तर्फ समेत एसोसिएसन मार्फत अर्थमन्त्रालयमा पहल भइरहेको कुरा बताए ।
प्रतिक्रिया