काठमाडौं - राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले फुकुवा गरेको छ । माघ १८ गतेदेखि रोक्का गरिएको कमपनीको सेयर कारोबार फुकुवा गरिएको हो ।
कम्पनीले कुनैपनी वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू नपठाएको भन्दै नेप्सेले यस अघि कमपनीको सेयर कारोबार रोक्का गरेको थियो ।
कम्पनीले नेप्सेमा स्पष्टिकरण बुझाएको छ । साथै आगामी दिनहरूमा त्यस प्रकारका विवरणहरु माग भए बमोजिम नै पठाउने प्रतिवद्धता पनि जनाएको नेप्सेले जानकारी दिएको छ ।
प्रतिक्रिया