काठमाडौं- याक एण्ड यती होटलले साधारण सभा चैत २७ गते गर्ने भएको छ ।
कम्पनीको ४३ औं ४४ औं वार्षिक साधारण सभा अपरान्ह ३ बजे कम्पनीको रजिष्टर्ड कार्यालय दरवारमार्ग, काठमाडौंमा हुने भएको छ ।
सभाले आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालक अरुण कुमार सर्राफको पदावधि समाप्त भई रिक्त रहेको सञ्चालक पदमा सञ्चालक पद एकको निर्वाचन नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका चैत २ गतेदेखि २७ गतेसम्म बन्द रहने पनि कम्पनीले बताएको छ ।
प्रतिक्रिया