काठमाडौं– नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक तथा सर्वसाधारण शेयर लिलाम बिक्री गर्ने भएको छ ।
बैंकले एक सूचना जारी गर्दै संस्थापक शेयर तर्फ १५,९७४ कित्ता र सर्वसाधारण शेयर तर्फ ६,५८३ कित्ता शेयर बिक्री गर्न लागेको बताएको छ ।
यस अघि पनि शेयर बिक्री गर्ने सूचना प्रकाशित गरे पनि शेयर बिक्री हुन सकेको थिएन ।
शेयर खरीद गर्न चाहने इच्छुक व्यक्तिले आज (चैत्र ३ गते) देखि आगामी १३ गते सम्म आइपुग्ने गरि सिलबन्दी बोलपत्र पेश गर्न बैंकले भनेको छ ।
प्रतिक्रिया