काठमाडौं– ग्रीन डेभलपमेन्ट बैंकको ८ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।
गत फाल्गुन बसेको सञ्चालक समितिको बैठकले चैत्र २८ गते सभा बस्ने निर्णय गरेको हो ।
सभाले वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन माथि छलफल गरि पारित गर्ने छ ।
सभा बाट आ.व. ०७६÷०७७ को मुनाफा रकम बाट हाल कायम चुक्ता पूँजीको ०.२० प्रतिशत लाभांश वितरण माथि छलफल गरि परित गरिने छ ।
साथै सर्वसाधारण शेयर धनिहरुको प्रतिनिधित्व गर्ने २ जना सञ्चालक समितिमा निर्वाचन गर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।
सभा होटल वाराही, लेकसाईड, पोखरामा हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया