काठमाडौं- लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडको वार्षिक साधारण सभा चैत २४ गते बस्दैछ ।
कम्पनीले आफ्नै कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो ।
पब्लिक कम्पनीमा नआएको यस सभाको प्रस्तावमा लाभांश प्रस्ताव पारित गर्ने उल्लेख गरेपनि कति लाभांश भने खुलाएको छैन । यसैगरी पाँच जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि सभामा रहेको छ ।
कम्पनीले साधारण सभाका लागि चैत १६ गतेदेखि बुकक्लोज गर्ने मिति तोकेको छ ।
प्रतिक्रिया