बैंक अफ काठमाडौंमा अयोग्य सञ्चालक

मंगलबार, ०३ चैत्र २०७७, १२ : २१

काठमाडौं। बैंक अफ काठमाण्डू (बीओके) ले सञ्चालक समितिमा ‘अयोग्य’ व्यक्तिलाई निर्वाचित गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार ७० वर्ष नाघेको व्यक्ति सञ्चालकमा नियुक्त हुन नपाउने व्यवस्था भएपनि बैंकले ७३ वर्षका व्यक्तिगोबिन्दप्रसाद शर्मा रेग्मीलाई सञ्चालक समितिमा निर्वाचित गरेको हो । 

बीओकेले डाकेको विशेष साधारणसभाअघि नै निर्विरोध निर्वाचित भइसकेका रेग्मीलाई मंगलबार बसेको सञ्चालक समिति बैठकले अनुमोदन गरेको छ। 

बिओकेले सञ्चालक समितिमा छान्नुपर्ने तीन जना सञ्चालकका लागि ५ जनाले आवेदन दिएका थिए। त्यसमध्ये एक अधिवक्ता थानेश्वर काफ्लेलाई निर्वाचन समितिले योग्यता नपुगेको भनेर प्रारम्भिक नामावली प्रकाशनबाट हटाइ दिएको थियो। 

उम्मेदवारको नामावली प्रकाशित गरेका अन्य चार जनामध्ये हेमराज सुवेदी, गोबिन्दप्रसाद शर्मा, मदनलाल जोशी र अमृता उप्रेतीको अन्तिम नामावली प्रकाशन गरिएको थियो । उनीहरुमध्ये सुवेदी राष्ट्र बैंकबाट कारवाहीमा परेर पछि अदालतबाट मुद्दा जितेका व्यक्ति हुन् । तर उनले दावी विरोधमा आफ्नो उमेद्वारी फिर्ता गरेका थिए। 

तीन जनाको पदमा तीन जना मात्र उमेद्वार भएपछि उनीहरु निर्विरोध भएका छन्। निर्विरोध भएकामध्ये रेग्मी ७३ बर्षका हुन्। राष्ट्र बैंकको निर्देशन अनुसार उनी सञ्चालक हुन योग्य छैनन्। 

मंगलबार, ०३ चैत्र २०७७, १२ : २१

प्रतिक्रिया