काठमाडौं- फर्स्ट माइक्रोफाइनान्सले आज (मंगलबार) देखि संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको छ ।
कम्पनीले संस्थापक समूहको २५ हजार कित्ता सेयर प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम आधार मूल्य मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो
यसको बिक्री प्रबन्धक मुक्तिनाथ कमलादी, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । यसमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र बैशाख ७ गते बिहान १० बजे मुक्तिनाथ कमलादी, काठमाडौँमा खोलिनेछ ।
प्रतिक्रिया