वाणिज्य बैंकहरुमा नेपाल रि को कति छ लगानी ?

मंगलबार, ०३ चैत्र २०७७, १६ : २३

काठमाडौं- नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरुमा रु १३ अर्ब बढीको लगानी गरेको छ । हाल देशभर २७ वाणिज्य बैंक रहेका छन् । कम्पनीले चालु आवको दोस्रो त्रैमास सम्म ती बैंकहरुमा रु १३ अर्ब ८ करोड ५० लाख रुपैंया बराबरको लगानी गरेको हो । बीमा समितिको दोस्रो त्रैमास सम्मको तथ्यांकाले यस्तो देखाएको छ । 

यस्तै,कम्पनीले चालु आवको पहिलो त्रैमास सम्म उक्त बैंकहरुमा रु. ११ अर्ब ६७ करोड बराबरको लगानी गरेको थियो । तीन महिनामा उक्त रकम रु १ अर्ब ४१ करोड ५० लाख अर्थात १२ प्रतिशत बढी हो ।

मंगलबार, ०३ चैत्र २०७७, १६ : २३

प्रतिक्रिया