सात महिनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढ्यो

मंगलबार, ०३ चैत्र २०७७, १७ : १८

काठमाडौं-  चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार  विप्रेषण आप्रवाह  १०.९ प्रतिशतले वृद्धि  भई रु.५६७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।
 

मंगलबार, ०३ चैत्र २०७७, १७ : १८

प्रतिक्रिया