सात महिनामा ५ खर्ब ६७ अर्ब रेमिट्यान्स भित्रियो,माघ महिनामा मात्र कति ?

मंगलबार, ०३ चैत्र २०७७, १७ : २७

काठमाडौं-  चालु आर्थिक वर्षको ७ महिनामा  ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०.९ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंक हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । 

चालु आर्थिक वर्षको माघ महिनामा मात्रै ६१ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत पुस मसान्तसम्म ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेकोे थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ६ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।

मंगलबार, ०३ चैत्र २०७७, १७ : २७

प्रतिक्रिया