काठमाडौं- चालु आर्थिक वर्षको ७ महिना अर्थात माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.८ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेका तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.४ प्रतिशतले बढेको छ ।
समीक्षा अवधीसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३३.९ प्रतिशत र ४८.९ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष सोही अवधीमा कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीकोे अंश क्रमशः ८.२ प्रतिशत, ३१.६ प्रतिशत र ४९.९ प्रतिशत रहेको थियो ।
यस्तै, समीक्षा अवधीसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.० प्रतिशत रहेको छ र गत वर्षको सोही अवधीमा यस्तो निक्षेपको अंश ४४.९ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया