काठमाडौं- चालु आर्थिक वर्षको ७ महिनामा कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भएको छ । चालु आवको असार मसान्तमा रु.१४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति समीक्षा अवधीसम्म रु. ६० अर्ब १७ करोड ४.३ प्रतिशतले बढेर रु.१४ खर्ब ६२ अर्ब ३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा माघ मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।
यस्तै, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति चालु आवको असार मसान्तमा रु.१२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा माघ मसान्तमा ५.० प्रतिशतले वृद्धि भई रु.१२ खर्ब ८७ अर्ब ५० करोड पुगेको छ ।
यसैगरी ,बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्रबैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा रु.१७ खर्ब ५ अर्ब ७१ करोड रहेकोमा माघ मसान्तमा ०.७ प्रतिशतले कमी आई रु.१७४ अर्ब ५३ करोड कायम भएको छ । चालु आवको माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया