काठमाडौं– मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एन आई सी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक समूहको शेयर लिलाम बिक्री गर्ने भएको छ ।
बैंकको स्वामित्वमा रहेको ५,८९,४३८ कित्ता शेयर प्रति कित्ता रु ४३७ मा बिक्री गर्न लागेको संस्थाले जनाएको छ ।
शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आगामी बैशाख ७ गते भित्र सिलबन्दी बोलपत्र आवेदन पेश गर्नु पर्ने छ ।
आवेदन पेश एन आई सी एशिया क्यापिटल लिमिटेड बबरमहलमा गर्न संस्थाले भनेको छ ।
प्रतिक्रिया