काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले चैत्र १ गते बाट निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ ।
म्याद थप गरिए सँगै अब चैत्र १६ गतेसम्म आवेदन दिन सकिने भएको हो । यसअघि ४ गते अर्थात आज सम्म मात्र आवेदन दिन पाइने भनिएको थियो । तर चैत्र १६ गतेसम्म म्याद थप गरिएको हो ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।
सर्वसाधारणका लागि छुट्याइएकोमा ५ प्रतिशत सामूहिक लगानी कोषको हिस्सा रहनेछ । बैंकले ८ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाममा ऋणपत्र निष्कासन गरेको हो ।
त्यसैगरी, लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गरेको छ ।
प्रतिक्रिया