माघमा शोधनान्तर स्थिती साढे २७ अर्बले घाटामा

बुधबार, ०४ चैत्र २०७७, १० : १२

काठमाडौं – चालु आर्थिक बर्षको माघ मसान्तसम्म आउँदा नेपालको शोधनान्तर बचत घटेको छ । नेपाल राष्ट्र बैंकको पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । 
गत पुस मसान्तसम्म मुलुकको शोधनान्तर स्थिती (मुलुकदेखि बाहिरीने र भित्रिने रकमबीचको अन्तर) रु. १ खर्ब २४ अर्ब ९२ करोड रहेको थियो । तर, माघ मसान्तसम्म आउँदा त्यो घटेर ९७ अर्ब ३६ करोडमा कायम भएको  छ । 
त्यो अनुसार माघमा मात्र मुलुकको शोधनान्तर स्थिती २७ अर्ब ५६ करोडले घटेको देखिन्छ । 

यद्यपि, गत आवको सोही अवधीको तुलनामा भने शोधनान्तर बचत बढी नै हो । गत आवको सोही अवधीमा शोधनान्तर बचत 
 रु.२१ अर्ब ६१ करोडले रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।
 

बुधबार, ०४ चैत्र २०७७, १० : १२

प्रतिक्रिया