काठमाडौं, एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलाममा बिक्री गर्ने भएको छ।
बैंकले माइक्रोफाइनान्सको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो।
शेयरको न्यूनतम मूल्य ४३७ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनमत १०० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन।
यसअघि पनि एनआईसी एशियाले माघ ८ गतेदेखि फागुन १२ गतेसम्म मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ४६३ रुपैयाँमा ५ लाख ९८ हजार ५९६ कित्ता शेयर लिलाम बिक्री प्रक्रिया मार्फत खरिद गर्न आह्वान गरेको थियो।
सो शेयर खरिदका लागि चैत ४ गते ९आज० देखि बैशाख ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।
प्रतिक्रिया