काठमाडौं - वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु कारोबार सुरु भएको छ ।
बैंकहरुले चैत्र ३ गते मंगलबारदेखि एक आपसमा मजर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेका हुन् ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेको वोमी र सूचीकृत नरहेको ग्रामीण स्वयंसेवक लघुवित्तबीच गत भदौमा मर्जरमा जाने समझादरी भएको थियो ।
मर्जर सम्पन्न भएको ६ महिनापछि “वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड”को नामबाट मंगरबारदेखि एकीकृत कारोबार सुरु भएको हो ।
दुवै कम्पनीको गत पुस २८ गते सम्पन्न साधारण सभाले एक आपसमा एक बराबर एक अनुपातमा गाभ्नेरगाभिने सम्बन्धमा अन्तिम प्रस्ताव पारित गरेका थिए ।
प्रतिक्रिया