सिभिल लघुवित्तको साधारण भोलि हुदैँ

बुधबार, ०४ चैत्र २०७७, १३ : ४२

काठमाडौं- सिभिल लघुवित्त वित्तीय संस्था साधारण सभा भोलि (बिहीवार) बस्ने भएको छ । 

लघुवित्तले बोगनभिल्ला इभेन्टस त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने बताएको छ ।

सभाले ३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । फागुन १९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 

बुधबार, ०४ चैत्र २०७७, १३ : ४२

प्रतिक्रिया