सात महिनामा मुलुकभर ६ सय बढी बैंक तथा वित्तिय संस्थाका शाखा विस्तार

बुधबार, ०४ चैत्र २०७७, १५ : ३०

काठमाडौं- चालु आर्थिक वर्षको ७ महिनामा मुलुकभर ६ सय भन्दा बढी बैंक तथा वित्तिय संस्थाको शाखा बिस्तार भएका छन् । मुलुकभर चालु आवको सात महिना विभिन्न ठाँउमा गरि ६ सय १ बैंक तथा वित्तिय संस्थाका शाखा विस्तार भएका हुन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

चालु आवको असार मसान्त सम्म विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको ९ हजार ७ सय ६५ शाखा रहेकोमा माघ मसान्त सम्म बढेर १० हजार ३ सय ६६ शाखा पुगेका छन् ।

तथ्यांक अनुसार माघसम्म मुलुकभर वाणिज्य बैंकका ४ हजार ६ सय ३७, विकास बैंकका १ हजार ६५, वित्तिय संस्था २ सय ५६ र लघुवित्त वित्तिय संस्था ४ हजार ४ सय ८ गरी कुल १० हजार ३ सय ६६ बैंक तथा वित्तिय संस्था रहेका छन् ।

यस्तै, समीक्षा अवधीसम्म देशभर २७ वाणिज्य बैंक ,१९ विकास बैक, २० वित्तिय संस्था,७६ लघुवित्त वित्तिय संस्था र १ पूर्वाधार विकास बैंक गरी १ सय ४३ बैंक तथा वित्तिय संस्था रहेका छन् ।
 

बुधबार, ०४ चैत्र २०७७, १५ : ३०

प्रतिक्रिया