फुडमाण्डूमा मेगा बैंकका ग्राहकलाई १५ % सम्म छुट

बुधबार, ०४ चैत्र २०७७, १६ : ५०

काठमाडौं-  मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले अब फुडमाण्डूमार्फत खाना अडर गर्दा  विशेष छुट पाउने भएका छन् । 

बैंकले फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको संचालन गर्दै  हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंयासम्मको ‘क्यासब्याक’ अफर ल्याएको छ ।
 
बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ । डिजिटल बैंकिङ अन्र्तगत नगदविहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले फूडमाण्डूसँगको सहकार्यमा यो अभियान ल्याएको मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंह बताउँछन् ।  

बुधबार, ०४ चैत्र २०७७, १६ : ५०

प्रतिक्रिया