नबिल बैंकद्वार व्यक्तिगत मुद्दती खाताको ब्याजदरमा वृद्धि, कति पुग्यो ?

विहीबार, ०५ चैत्र २०७७, ०८ : ४९

काठमाडौं - नबिल बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर बढाएको छ । बैंकले आफ्नो व्यक्तिगत खाताको ब्याजदर बढाएर ७.५१ प्रतिशत पुर्याएको हो । 

जुन ६ महिना भन्दा माथिको व्यक्तिगत मुद्दती खाताहरुमा लागू हुने बताइएको छ ।

यस ब्याजदरका साथ नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको बैंकले जनाएको छ ।

बैंकले सन् १९८४ देखि ग्राहकहरूलाई ११९ शाखा, १८५ एटिएम१,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट सेवा दिदैँ आइरहेको छ ।  

विहीबार, ०५ चैत्र २०७७, ०८ : ४९

प्रतिक्रिया